४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार १६:१६

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट गएराति अवैध लागूऔषध गाँजा ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।