कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत गरेको छ ।
कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो ।
उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा. अबुल हुसेन अन्सारी, डा. विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा. सञ्जीवकुमार यादवलाई मनोनीत गरेको हो ।
कांग्रेसले महासमिति तयारीका लागि गठित उपसमितिहरूलाई धमाधम पूर्णता दिइरहेको छ ।
