माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने उनले बताए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ–आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले बताए ।
पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदैछ । उक्त सम्मेलन तीन दिनसम्म संचालन हुनेछ ।