दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०९:४२
file-photo

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न लागेको हो ।

अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् । यसका लागि काठमाडौंका विभिन्न सात स्थानबाट ¥याली गर्दै सभा स्थलमा भेला हुने तयारी छ ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मंसिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।