दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज

तु खबर संवाददाता
२०८३ जेष्ठ ९, शनिबार ०२:३८
file-photo

दुर्गा प्रसाईंलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेकोले सो थुनाबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतलाई न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो । रिट खारेज गरिएको भएपनि चार दिनभित्र अनुसन्धान पूरा गर्न जिल्ला प्रहरी कार्यालय पर्साको नाममा परमादेश भने जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई जेठ ४ गते बीरगञ्जबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूर लगाएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रसाईंको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने किसिमको रहेको प्रहरी दावी छ ।

यस अघि पनि बारम्बार प्रहरीद्वारा पक्राउ गरिएका प्रसाईंका हकमा बन्दीप्रत्यक्षीकरण जारी भएको थियो ।