हेटौंडाका पिठाकोटीको दुर्घटनामा परेर मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०८:३४
file photo

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर २, गोलढुंङगा/ भर्याङडाँडास्थित हेटौंडा–फाखेल–काठमाडौं सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडा बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सोमबार अपराह्न सवा ४ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९० प ३६०४ नम्वरको मोटरसाइकल उक्त स्थानस्थित सडकबाट करिब ५०० किलोमिटर तल खसेको थियो ।

तर, मोटरसाइकल तल खसेको भएपनि पिठाकोटी २०० मिटर तल भिरमा अड्किएको र अचेत अवस्थामा भेटिएका थिए ।

उनलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।