समाचार

मनहरी ५ मा निःशुल्क स्वास्थ्य परीक्षण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ मा शनिबार १४१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको हो । मनहरी गाउँपालिका ५ नम्बर...

माओवादी केन्द्रको संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवम् अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको...

रास्वपाको दबाब अभियान आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब अभियान आजबाट सुरु हुँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै रास्वपाले राष्ट्रव्यापी दबाब अभियान संचालन गर्न लागेको हो । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने प्रमुख सचेतक सन्तोष...

एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठक आज समापन हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसदमा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर साधरणतया बदली रहनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको...

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिने क्यासन्सर दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइने भएको हो । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनायन लागेको हो । विश्व...

भानु माविको अध्यक्षमा चौलागाईँ सर्वसम्मत

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ मक्रान्चुलीमा रहेको श्री भानु माद्यमिक विद्यालयकोे अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन भएका छन् । साही विद्यालयका पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौलागाईं सर्वसम्मत रुपमा चुनिएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा सन्तु थिङ, हेम कुमारी संजेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र...

स्थापना दिवसको अवसरमा ओम बृद्धाश्रमलाई सहयोग

मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरले ओम बृद्धाश्रमलाई नगद १० हजार ५ रुपियाँ सहयोग गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सदस्य बसन्तराज गौतम, जिल्ला अध्यक्ष...

सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो । यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले...

करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । तनहुँमा शनिबार बिहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नम्वर ६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमाल रहेका छन् । प्रहरीका अनुसार, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगीसँग माछा पार्न...