कांग्रेस महासमिति बैठकका लागि उपसमिति सदस्य मनोनित

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार ०८:५०

काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनित गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको सो उपसमितिमा सदस्यहरु मनोनित गरिएको बताए ।

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता तथा कार्यकर्ताहरू सहभागी हुने उनको भनाई छ ।

महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।