स्थापना दिवसमा खेलकुद प्रतियोगिता र रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १५:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।

दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मूल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रियाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरिएको छ ।

स्थापना दिवसको अवसरमा अयोजित नगर प्रमुख टिम र प्रमुख प्रशासकीय अधिकृत टिमबीच हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले बिजयी भएको थियो ।

त्यस्तै, स्थापना दिवसको अवसरमा हेटौंडा–४, कमलडाँडामा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारीबीचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले जानकारी दिए ।

दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारीबीच हेटौंडा–४, हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचारी टिम बिजयी भएको थियो ।

स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम संचालन गरिएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिए ।

पछिल्लो समय रगतको अभाब भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागी भएका छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अत्तिरिक्त क्रियाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो ।