पेस्तोलसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार ०९:४५
सांकेतिक तस्बिर

जनकपुरधाम । सिराहाबाट कटुवा पेस्तोलसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

सो क्रममा प्रहरीले उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।