राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।
बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/०८० पेस हुने जनाइएको छ ।
यस्तै, बैठकमा सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यसैगरी, विद्यायन व्यवस्थापन समितिको प्रतिवेदन सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने जनाइएको छ ।
