दुई संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १०:१४
file-photo

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।