आजको मौसमः देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०९:०४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ ।