हेटौंडामा नव प्रर्वद्धन र उद्यमशीलताको लागि सम्मेलन हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नवप्रर्वद्धन र उद्यमशीलताको लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।
हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना र विभिन्न संघ–संस्थाहरुको सह आयोजना र साझेदारीमा सम्मेलन गर्न लागिएको हो ।
उक्त सम्मेलन यही फागुन ५ र ६ गते हुनेछ । सम्मेलनले सीप र पूर्वाधार ज्ञान अभिवृद्धी गर्न, मानव संसाधन क्षमता अभिवृद्धी गर्न, अन्तर क्षेत्र सहयोगको सहजीकरण गर्न सहयोग पुग्ने म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले जानकारी दिए ।
सम्मेलनमा सरकारबाट नवप्रवद्र्धन र इन्क्युबेशन विकास गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी, वित्तिय सेवाहरुमा नविनता, आवश्यकक्ता र सम्भावना, उद्यमशिलताको प्रवद्र्धनका लागि वित्तिय संस्थाहरुको भूमिकाहरुका विषयमा जानकारी गराइने आयोजकले जनाएको छ ।