माओवादी केन्द्रको विधान सम्मेलन आजबाट

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार ०९:००

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुने भएको छ । सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुने जनाइएको छ ।

तीन दिनसम्म संचालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।