समाचार
अखिल क्रान्तिकारी देवकी माविको अध्यक्षमा पाख्रीन
मकवानपुर । अखिल क्रान्तिकारी श्री देवकी माध्यमिक विद्यालयको अध्यक्षमा डोल्मा पाख्रीन चयन भएकी छन् । बागमती गाउँपालिका–५ स्थित रहेको उक्त विद्यालयमा आइतबार बसेको अखिल क्रान्तिकारी बागमती गाउँपालिकोे भेलाले पाख्रीनको नेतृत्वमा ७३ सदस्यीय चयन गरेको हो । यस्तै, भेलाले अखिल क्रान्तिकारी देवकी माविको उपाध्यक्षमा संगीता लोप्चन र उपाध्यक्ष अस्मिता वाईबा,...
मकवानपुरमा १०० जनाको कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, थाहा नगरपालिका...
बागमती प्रदेश प्रमुख शर्माको उपचार जारी
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा हाल उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा उपचाररत छन् । मुटु रोगको समस्या भएका प्रदेश प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको उनका स्वकीय उपसचिव पारशमणि फुयालले जानकारी दिए । विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्या भई उपचाररत प्रमुख...
पत्रकार संजेलको पिताको निधनप्रति पत्रकार महासंघ मकवानपुरद्वारा शोक व्यक्त
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले कार्यसमिति सदस्य अर्जुन संजेलको पिताको निधनप्रति शोक व्यक्त गरेको छ । महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी विश्वकर्माले आइतबार शोक वक्तव्य जारी गर्दै श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै दुःखको घडीमा परिवारजनमा समवेदना प्रकट गरेकी छन् । संजेलको पिता यदुनाथ संजेलको असोज ९ गते अर्थात...
हेटौंडामा सवारी दुर्घटना, एक गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज (आइतबार) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडामा बस र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
कांग्रेस मकवानपुरको १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न, हेटौंडाको सभापतिमा इटेनी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मकवानपुरको १० वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको स्थानीय तहमा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । कांग्रेस मकवानपुरका अनुसार, अधिवेशानबाट जिल्लाको बकैया र ईन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र हेटौंडा उपमहानगरपालिकासहित अन्य स्थानीय तहमा निर्वाचन...
कांग्रेस गाउँ अधिवेशन : बकैयामा भोम्जन, राक्सिराङमा जिम्बा
मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालकाको सभापतिमा दिलबहादुर भोम्जन चयन भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा भोम्जन सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले भोम्जनको संयोजकत्वमा ६७ सदस्यीय गाउँ ससमिति चयन गरेको छ । यस्तै, सो अधिवेशनबाट उपसभापतिमा सोमबहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम...
कांग्रेस गाँउ अधिवेशन : कैलाशको सभापतिमा घिसिङ
मकवानपुर । नेपाली कांग्रेस कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा घिसिङ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी गुणराज स्याङ्तानलाई ९९ मत अन्तरले पराजित गरेका हुन् । सभापति घिसिङले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी...
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित गरेर विशेष योजना सार्वजनिक गरेको छ । प्रशासले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित हँदै चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । विज्ञप्तीमा चाडपर्वमा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरण सिर्जना गर्न प्रशासनले यातायात व्यवसायी संचालकहरुलाई...
कांग्रेस थाहा नगर सभापतिमा जोशी
मकवानपुर । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा जोशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन् । सभापति जोशीले १०९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी गोपालीले...










