समाचार
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठक तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने भएको हो । सो बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मोसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
एकीकृती समाजवादी मकवानपुरले तोक्यो पालिका इन्चार्ज
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालयका सदस्य, प्रचार विभाग प्रमख तथा आर्थिक विभाग प्रमुख चयन गरेको छ । बैठकले एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष मिना कुमारीलाई हेटौंडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै,...
कांग्रेस हेटौंडाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको एक कार्यक्रमबीच निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा नवनिर्वाचित नगर सभापति उत्सब इटेनी, उपाध्यक्ष रामकृष्ण कोइराला,...
मकवानपुरको हेटौंडासहित यी स्थानमा दुई दिन विद्युत अवरुद्ध हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया, बागमती गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि दुई दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । धरान–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडक आयोजना अन्तरगतको अधिकार क्षेत्राधिकारमा पर्ने स्थानहरुमा पोल/तार सार्ने काम र अध्यावधिक गर्ने कार्यको लागि विद्युत अवरुद्ध हुने हेटौँडा बितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरण हेटौंडा बितरण...
बागमती प्रदेशलाई आज साक्षर प्रदेश घोषणा गरिँदै
मकवानपुर । बागमती प्रदेशलाई आज (सोमबार) साक्षर प्रदेश घोषणा गरिदैछ । प्रदेशमा ९७ दशमलब २२ प्रतिशत व्यक्तिहरु साक्षर रहेकाले साक्षर प्रदेश घोषणा गर्न लागेको शिक्षा विकास निर्देशनालय बागमतीका, निर्देशक चन्द्रप्रसाद लुईटेलले जानकारी दिए । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा मुख्यमन्त्री, प्रदेश सांसद, इकाई प्रमुख, समन्वय समितिका अध्यक्षहरु लगायतको...
शिक्षकहरुलाई ३ दिने पुनःताजकी कार्यक्रम
मकवानपुर । मकवानपुरमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत अतिरितm शिक्षकहरुका लागि ३ दिने पुनःताजकी कार्यक्रम सुरु भएको छ । हिमराइट्स मकवानपुरको आयोजना र कोर इन्टरनेश्नलको आर्थिक सहयोगमा हिजो शानिवार ९ गतेदेखि भोलि ११ गतेसम्मका लागि कार्यक्रम आयोजना गरिएको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले जानकारी दिइन्...
खेलकुद क्षेत्रमा राजनीति हावी हुनु हुँदैन – लामा
मकवानपुर । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका नेता सानु लामाले खेलकुद क्षेत्रमा राजनीति हावी हुन नहुने बताएका छन् । आफु खेलकुद विकास समितिमा निर्वाचित भएर आएपछि खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै रुपमा अघि बढाएकोसमेत उनले बताए । तु खबरसंगको कुराकानीमा उनले राजनीतिक प्रभावका कारण खेलकुद क्षेत्र...
अपहरण गरेको आरोपमा हेटौंडामा चार जना पक्राउ
मकपानपुर । हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ घर भई हेटौंडा– १० बासुदेवमार्गस्थित जे.एस. सुनचाँदी पसल संचालक ४० वर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
सेनेटरी प्याडको भन्सार शुल्क छुट गर्न प्रजिअमार्फत सरकारलाई ध्यानाकर्षण
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) मकवानपुरको महिला विभागले सेनेटरी प्याडको भन्सार शुल्क र भ्याटलगायतका राजश्व छुट गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । अनेरास्ववियु मकवानपुरको महिला विभाग प्रमुख स्वेच्छातारा दंगालले आइतबार एक कार्यक्रमबीच मकवानपुर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलेमार्फ संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएकी...










