मकवानपुरको हेटौंडासहित यी स्थानमा दुई दिन विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार ०८:३४
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया, बागमती गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि दुई दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । धरान–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडक आयोजना अन्तरगतको अधिकार क्षेत्राधिकारमा पर्ने स्थानहरुमा पोल/तार सार्ने काम र अध्यावधिक गर्ने कार्यको लागि विद्युत अवरुद्ध हुने हेटौँडा बितरण केन्द्रले जनाएको छ ।

विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले एक सूचना जारी गर्दै ग्रामीण फिडर अन्तरगतको फिडर अन्तरगतको बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँसम्म, रंगशाला फिडर अन्तरगत हेटौंडा उपमहानगरपालिका–६ देखि हेटौंडा–१८ फर्केचौरसम्मको सबै क्षेत्रमा आज र भोलि विद्युत अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार, उक्त स्थानहरुमा आज असोज ११ गतेदेखि असोज १२ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत प्रसारण अबरुद्ध हुनेछ । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति विद्युत प्राधिकरणले क्षमाप्रार्थी रहेको जनाएको छ ।