नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार १०:०८
file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठक तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने भएको हो । सो बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भिम रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए । साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए । तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए । सोही अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको जनाइएको छ ।