एकीकृती समाजवादी मकवानपुरले तोक्यो पालिका इन्चार्ज

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार ०९:४९

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालयका सदस्य, प्रचार विभाग प्रमख तथा आर्थिक विभाग प्रमुख चयन गरेको छ ।

बैठकले एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष मिना कुमारीलाई हेटौंडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै, बैठकले थाहा नगरपालिकाका लागि ईश्वर रुम्बालाई इन्चार्जको जिम्मेवारी तोकेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।

उनका अनसार, गाउँपालिकाअन्तर्गत् मनहरी इन्चार्जमा भूमिनन्द अर्याल, भीमफेदी इन्चार्जमा शिवहरि बतौला, बागमती इन्चार्जमा खड्गबहादुर पुलामी तथा बकैया इन्चार्जमा नारायण तिमल्सिना, मकवानपुरगढी इन्चार्जमा राजन दाहाल, ईन्द्रसरोबर इन्चार्जमा जीवन लामा, कैलाशमा कालु ढकाल र राक्सिराङ गाउँपालिका इन्चार्जमा कृष्ण चेपाङलाई चयन गरिएको छ।

यस्तै, नेकपा (एस) मकवानपुरको प्रचार विभाग प्रमुखमा रामकुमार एलन र आर्थिक विभाग प्रमुखमा टीपी रुपाखेतीलाई सर्वसम्मतरुपमा चयन गर्दै जिम्मेवारी प्रदान गरिएको अध्यक्षा पोखरेलले बताए । बैठकबाट ४९ सदस्यीय सचिवालय समिति गठन भएको छ । सचिवालय सदस्यमा जिल्ला कमिटीका अध्यक्ष पोखरेल, उपाध्यक्ष लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारी, पालिका इन्चार्जहरु, विभाग प्रमुखहरुसहित माधव तिमल्सिना, मनिला विष्ट, रघु आचार्यलगायत रहेका छन् ।

बैठकले जिल्लाभर साधारण सदस्यता वितरण गर्ने, सांगठनिक सदस्यता अध्यावधिक गर्ने, असोज १९ गतेसम्ममा मकवानपुर जिल्लाका सबै वडाहरुमा वडा कमिटी विस्तार गरिसक्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार, यस्तै असोज २५ गते जिल्ला कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय भएको छ ।