नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन वैशाखमा

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार ०८:३९

मकवानपुर । नेकवा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन आगामी वैशाखमा हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय गरेको हो ।

बैठकले अधिवेशन वैशाख १५ र १६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो ।

पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख अतिथ्यता तथा पार्टी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको हो ।

बैठकमा पोलिटब्युरो सदस्य घन प्रसाद गौतम, केन्द्रिय सदस्य एवम् पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।