संगठन विस्तार अभियान सम्पन्न गर्न नेता तथा कार्यकर्ता परिचालन

तु खबर संवाददाता
२०८० फाल्गुन ९, बुधबार ०९:३७

मकवानपुर । एकीकृत समाजवादी पार्टी मकवानपुरको नवौँ सचिवालय बैठकले संगठन विस्तार अभियान सम्पन्न गर्न नेता तथा कार्यकर्ता परिचालन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले संगठन तथा सदस्यता विस्तार अभियान २०८० कार्यान्वयन तथा माघ २५ गतेदेखि चैत २५ गतेसम्म दश वटै पालिकामा अभियान सम्पन्न गर्न नेता कार्यकर्ता परिचालन गरेको हो ।

जसअनुसार, मनहरी गाउँपालिकामा स्थायी कमिटी सदस्य बिरोध खतिवडा, जिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, निर्वाचन क्षेत्र संयोजक रामकुमार एलन, टंक मुक्तान, शिवकुमार रिजाल काशी, किशोर बर्तौलासहितको टोली परिचालन हुने भएको छ ।

यस्तै, बकैया गाउँपालिकामा पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, उपसचिव कविन पन्त, कल्पना विश्वकर्मा, रामेश राई, भरत लामिछाने, सन्जीव लो, शिवबहादुर खुलालसहितको टोली परिचालन हुनेछ ।

यस्तै, बागमती गाउँपालिकामा केन्द्रीय सदस्य गोमा तिमल्सिना, प्रदेश सदस्य यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दहाल, उपसचिव कविन पन्त, होमनाथ चौलागाईंसहितको टोली परिचालन हुनेछ ।

भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्य मुनु सिग्देल, कृष्ण बहादुर भोम्जन, शिवहरि बर्तौला, शान्ति प्रियवन्दनासहितको टोली परचालन हुनेछ भने ईन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश सदस्य जीवन लामा, कुन्साङ् लामासहितको टोली परिचालन हुने बताइएको छ ।

यसैगरी, कैलाश गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान, प्रदेश सदस्य गौतम बुद्ध लामा, किशोर बर्तौला, टंक मुक्तान, कालु ढकाल, अर्जुन गौतमसहितको टोली परिचालन हुने जनाइएको छ ।

यता, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य मिनाकुमारी लामा, प्रदेश सदस्य सीता अधिकारी, रामचन्द्र ढकाल, गायत्री सुबेदी, पार्टी सचिव धु्रव भुजेल, उपसचिव किशोर टण्डन, सदस्य विष्णुमाया लामासहितको टोली परिचालन हुनेछ ।

राक्सिराङ गाउँपालिकामा स्थायी कमिटी सदस्य विरोध खतिवडा, केन्द्रीय सदस्य गोविन्दराम चेपाङ, प्रदेश सदस्य कृष्णबहादुर चेपाङ्, उपाध्यक्ष भूमिनन्द अर्याल, निर्वाचन क्षेत्र संयोजक रामकुमार एलन, सचिवालय सदस्य किशोर बर्तौला, जिल्ला सदस्य ज्ञानेन्द्र तामाङ्सहितको टोली परिचालन हुने बताइएको छ ।

मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, सचिवालय सदस्यहरु मदन रिमाल, राजन दाहाल, दुर्गा दाहालसहितको टोली परिचालन हुने छ । थाहा नगरपालिकामा केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश सदस्य ईश्वर रुम्बा, जिल्ला उपसचिव किरणमान बल, सानुकाजी गोपाली, एबि थापासहितको टोली परिचालन हुनेछ ।