एकीकृत समाजवादीको जिल्ला अधिवेशन हेटौंडामा हुने

तु खबर संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०९:००

मकवानपुर । नेकपा एकीकृत समाजवादी (एस) पार्टीको नवौं जिल्ला अधिवेशन हेटौंडामा हुने भएको छ । अधिवेशन यही वैशाख १५ र १६ हुने हुने भएको हो ।

अधिवेशन सम्पन्न गर्नको लागि पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सयोजकत्वमा १७५ मूल कमिटी गठन गरिएको छ ।

अधिवेशनका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको छ । उपसमितिहरुमा बिष्णु प्रसाद दाहालको सम्योजकत्वमा १३ सदस्यीय प्रतिवेदन तयारी, धु्रर्बबहादुर भुजेलको संयोजकत्वमा २४ सदस्यीय प्रतिनिधि व्यवस्थापन तथा आर्थिक व्यवस्थापन , कबिन पन्तको संयोजकत्वमा ११ सदस्यीय हल तथा मञ्च व्यवस्थापन, स्वयं सेवक व्यवस्थापनमा किरनमान बल, प्रचारप्रसार उपसमितिमा रामकुमार एलन, आवास तथा भोजन व्यवस्थापनमा किशोर टन्डनको संयोजकत्व रहनेछ ।

यस्तै, स्वस्थ, अतिथि सत्कार, साँस्कृतिक लगायतका उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

हेटौंडा–४ स्थित रोयल प्यालेशमा हुने उक्त अधिवेशनको नेकपा एसका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन हुनेछन् ।