इलाममा राई र बझाङमा सिंह उठाउने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । आगामी बैशाख १५ गते २०८१ मा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने निर्णय गरेको छ ।
सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा निधन भएपछि ती दुबै पद रिक्त छ । सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनको लागि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु दौरधुप गरिरहेका छन् ।
