कांग्रेस हेटौंडाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार ०८:५६

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको एक कार्यक्रमबीच निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित नगर सभापति उत्सब इटेनी, उपाध्यक्ष रामकृष्ण कोइराला, डोल्मा स्याङबो, सचिव सविन न्यौपाने, हर्करत्न लामा, सहसचिवमा विकास बानियाँ र निगम श्रेष्ठ लगाएतलाई प्रमुख निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गरेका हुन् । उनीहरुलाई प्रमुख जिल्ला निर्वाचित अधिकृत गोपी शर्मा सुवेदीले प्रमाणपत्र वितरण गरेका हुन् ।

निर्वतमान नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रवक्ता प्रदिप पराजुली, नगर सभापतिमा पराजित भएका महेन्द्र राउतलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।