शिक्षकहरुलाई ३ दिने पुनःताजकी कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन १०, आईतवार १९:२६

मकवानपुर । मकवानपुरमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत अतिरितm शिक्षकहरुका लागि ३ दिने पुनःताजकी कार्यक्रम सुरु भएको छ । हिमराइट्स मकवानपुरको आयोजना र कोर इन्टरनेश्नलको आर्थिक सहयोगमा हिजो शानिवार ९ गतेदेखि भोलि ११ गतेसम्मका लागि कार्यक्रम आयोजना गरिएको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले जानकारी दिइन् ।

शनिबार पहिलो दिन विद्यार्थीहरुलाई कसरी पढाउने र स्कुलमा पनि अभिभावकको जस्तो व्यवहार कसरी गर्ने भन्ने विषयमा सिकाउने उद्देश्यका साथ शिक्षकहरुलाई तालिम दिइएको संयोजक वाइवाले बताइन् । आज आइतबार दोस्रो दिन विद्यार्थीहरुलाई कक्षाकोठामा पढाएर मात्रै नभई बाहिरको शिक्षा पनि दिनुपर्ने उद्देश्यले शिक्षकहलाई मकवानपुरगढी दरबार भ्रमण गराइएको प्रशिक्षक सफला भण्डारीले जानकारी दिइन् । भोलि सोमबार अन्तिम दिन प्रशिक्षकले दिएको तालिमको अनुगमन तथा तालिममा सिकेको विषयवस्तुमाथि सहभागि शिक्षकहरुको प्रस्तुति रहेको जनाइएको छ ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत संचालन गर्दै आइरहेको ४ ओटा विद्यालयहरुबाट २ जनाको दरले ८ जना शिक्षकहरुका लागि ३ दिने पुनःताजकी कार्यक्रम भइरहेको हो ।