अखिल क्रान्तिकारी देवकी माविको अध्यक्षमा पाख्रीन

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १७:५६

मकवानपुर । अखिल क्रान्तिकारी श्री देवकी माध्यमिक विद्यालयको अध्यक्षमा डोल्मा पाख्रीन चयन भएकी छन् । बागमती गाउँपालिका–५ स्थित रहेको उक्त विद्यालयमा आइतबार बसेको अखिल क्रान्तिकारी बागमती गाउँपालिकोे भेलाले पाख्रीनको नेतृत्वमा ७३ सदस्यीय चयन गरेको हो ।

यस्तै, भेलाले अखिल क्रान्तिकारी देवकी माविको उपाध्यक्षमा संगीता लोप्चन र उपाध्यक्ष अस्मिता वाईबा, सचिवमा समिर राई, सह–सचिव ज्योसिला राना मगर, कोषाध्यक्ष्मा अस्मिता गोले रहेका छन् ।

अखिल क्रान्तिकारी बागमती गाउँ कमिटीको अध्यक्ष निकास भोलनको सभाध्यक्षता तथा माओवादी केन्द्रको युबा नेता तथा बागमती–४ को वडाध्यक्ष रहर सिं थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरको जिल्ला उपाध्यक्ष रोजल तामाङको विशेष आतिथ्यता र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती गाउँपालिकाको उपाध्यक्ष करिना बलको आतिथ्यता रहेको थियो ।