कांग्रेस गाउँ अधिवेशन : बकैयामा भोम्जन, राक्सिराङमा जिम्बा

तु खबर संवाददाता
२०७८ आश्विन १०, आईतवार १०:२५

मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालकाको सभापतिमा दिलबहादुर भोम्जन चयन भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा भोम्जन सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले भोम्जनको संयोजकत्वमा ६७ सदस्यीय गाउँ ससमिति चयन गरेको छ । यस्तै, सो अधिवेशनबाट उपसभापतिमा सोमबहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी मगर, सह–सचिवमा युवराज थापा र कमलबहादुर घले सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, कांग्रेस राक्सिराङ गाउँपालिकाको सभापतिमा सभापतिमा विरेन्द्र जिम्बा निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औं अधिवेशनबाट सभापतिमा जिम्बा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी देबबहादुर लामालाई १० मत अन्तरले पराजित गरेका हुन् ।

सभापति जिम्बाले ८१ मत प्राप्त गरेका थिए भने उनका प्रतिवन्दी निकटतम लामाले ७१ मत प्राप्त गरेका थिए । यस्तै, कांग्रेस राक्सिराङको उपसभापतिमा मोहन नगरकोटी र बुद्धराम मोक्तान, सचिवमा महेश कुमार प्रजा र कोपिला गोले, सह–सचिवमा बिपिमाया मोक्तान र ज्ञानबहादुर ब्लोन निर्वाचित भएका छन् ।