सिलाई कटाइ तालिम समापन गर्दै मेसिन वितरण

तु खबर संवाददाता
२०८२ बैशाख २५,बिहीबार १९:०१

मकवानपुर । हेटौडामा नारी संरक्षण केन्द्रले आधारभुत सिलाई कटाइ तालिम समापन गरी  मेसिन समेत वितरण गरेका छन् ।

एक कार्यक्रमका बीच सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको आधारभुत सिलाई कटाइ तालिम समापन तथा मेसिन वितरण गरिएको हो।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।

नारी संरक्षणका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गिता त्रिपाठी, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवा , हिरण्य नेपालका कार्यक्रम संयोजक एलिना ढुंगाना, सानाहातहरु नेपालका बोर्डर मोनीटरिङ अधिकृत दिपक रुम्बा लगायतको उपस्तिथि रहेको थियो ।

तालिममा राक्सीराङ्ग गाउँपालिका वडा नं. ९ स्थित डोल्डाँडा, लाइबाङ, राजाराङ, तुम्बाङ र डोढ्गैरेका प्रजा समुदायका ८ जना महिलाहरु रहेको आयोजकले जानकारी दिएको छ ।

तलिम पश्चात सहभागीहरुलाई आफ्ना ठाउँमा गएर व्यवसायिक रुपमा काम सुरु गर्नका सलाई मेसिन समेत उपलब्ध गराइएको थियो । २ समूह बनाएर प्रति समूहलाई ८० हजार १ सय ५२ रुपैयाँ बराबरको मेसिन, दराज लगायत सामग्री हस्तान्तरण समेत गरिएको हो ।

संस्थाले महिलाहरुको आर्थिक शसक्तिकरण गर्ने उदेश्यले विगत १५ वर्षदेखि सिलाइ तथा कटाइ तालिम सुरुवात गर्दे आइरहेको र हाल सम्म संस्थाले ७१८ जनलाई तालिम प्रदान गरिसकेको जनएको छ । राक्सीराङ्ग, मनहरी, मकवानपरुगढी र हेटौडा उपमहानगरपालिका गरी १० ठाउँमा महिला सामुहिक व्यवसायिक सिलाइ केन्द्रहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक जेरोम घलेले बताए ।