समाचार
नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको एमाले बैठक आज पनि बस्न लागेको हो । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको हो । शुक्रबार बसेको बैठकमा विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस...
अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
दैलेख । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । अरिङ्गालको टोकाइबाट ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर गम्भीर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले...
मकवानपुर प्रहरीद्वारा ३ हजार गाँजाको बिरुवा नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजाको ३ हजार बिरुवा नष्ट गरेको छ । यसअघि प्रहरीले गाँजाको बिरुवा हुर्किएपछि नष्ट गर्दै आएपनि अहिले भने बिरुवा नै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर – ३ झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको...
बागमती प्रदेश प्रहरीले सबै वडामा गुनासो पेटिका राख्ने
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आइतबारदेखि प्रदेशको रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका...
कांग्रेस मकवानपुरको पालिका अधिवेशन आज हुँदै, यस्तो छ तयारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकाहरुमा अधिवेशन तथा निर्वाचन हुँदैछ । सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति नहुने नगर/पालिकामा प्रजातान्त्रिक प्रक्रिया अवलम्वन गरिने प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि समय...
हेटौंडाका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सरकारी कागजछाप दस्तखत किर्ते मुद्दा र डाँका मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको साबिक हटिया गाबिस वडा नम्वर – ३ बस्ने...
माधव नेपाल आज हेटौंडा आउने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज (शनिबार) हेटौंडा आउने भएका छन् । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा गर्न अध्यक्ष नेपाल हेटौंडा आउन लागेको समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए । रोयल पार्टी प्यालेसमा विहान साँढे ११ बजेदेखि...
कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन : इटेनीको प्यानलमा २ वडा अध्यक्ष
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको सभापति पदका उम्मेदवार उत्सव इटेलीले शुक्रबार आफ्नो चुनावी टिम सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी टिम सार्वजनिक गरेका हुन् । उनको टिमबाट उपसभापतिमा हेटौंडा–१६ का वडा अध्यक्षसमेत रहेका कांग्रेस नेता रामकृष्ण कोइराला र नेतृ डोल्मा स्याङ्बो उम्मेदवार...
कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन: राउतको प्यानल सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेसको नगर तथा पालिकास्तरको निर्वाचन भोलि असोज ९ गते हुँदैछ । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा महेन्द्र राउतले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरेका आफ्नो चुनावी प्यानल सार्वजनिक गरेका हुन् । वि.स २०४६ सालको आन्दोलनदेखि विद्यार्थी राजनीतिमा लागेका राउतले नेपाल विद्यार्थी संघ...
आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने : मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) पार्टी सम्वद्ध सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।...










