मकवानपुर प्रहरीद्वारा ३ हजार गाँजाको बिरुवा नष्ट

तु खबर संवाददाता
२०७८ आश्विन ९,शनिबार ०९:०२

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजाको ३ हजार बिरुवा नष्ट गरेको छ । यसअघि प्रहरीले गाँजाको बिरुवा हुर्किएपछि नष्ट गर्दै आएपनि अहिले भने बिरुवा नै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर – ३ झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेर भागेको जनाइएको छ । उक्त मोटरसाइकलले फालेको ३ हजार गाँजाको विरुवा बरामद भएको जनाएको छ । शुक्रबार दिउँसो ३ : ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको विरुवा नष्ट गरेको हो । पछिल्लो समय मकवानपुरले मकवानपुरको विभिन्न स्थानमा गाँजा फडानी गर्दै आएको छ ।