नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७८ आश्विन ९, शनिबार ०९:४८
file-photo

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको एमाले बैठक आज पनि बस्न लागेको हो । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको हो ।

शुक्रबार बसेको बैठकमा विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

आज विहान ११ बजेदेखि समूहगत छलफल हुनेछ । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनको भनाइ छ । एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।