समाचार
मनहरी–३ मा असोज १२ गतेदेखि फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलास्थित सिद्धकालीमा आगामी असोज १२ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । जनआदर्श समाज युवा मनहरी–३ ले बडादशैंको अवसरमा असोज १२ गतेदेखि २२ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिताको लागि आयोजकले तयारी तीव्र पारेको जनाइएको छ ।...
देशभर १४७६ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६ सय ९० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार...
नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गर्ने युवक पक्राउ
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । प्रहरीका अननुसार, शुक्रबार दरबार संग्रहालयको...
दशैं टीकाको शुभसाइत सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः ४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको...
सर्वोच्चद्वारा राजनीतिक अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत भदौ...
मकवानपुरमा ५४ जनाको कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुने ९ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका...
मकवानपुरका मुक्तान पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध अफिमसहित आज (शुक्रबार) बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमफेदी गाउँपालिका–२ भैसेबाट २ किलो १०० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय राजन मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
मैनालीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय...
हेटौंडा-८ मा एक करोड ४४ लाखको लागतमा प्याराफिट निर्माण हुँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा प्याराफिट निर्माणको काम भइरहेको छ । कमानेको चन्द्रोदय माविमा रंगशाला निर्माण गर्ने उद्देश्यका साथ अहिले पहिलो चरणमा प्याराफिट निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उनका अनुसार, कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो प्याराफिट...
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । यसैगरी, आज दिउँसो देशभर...










