हेटौंडा-८ मा एक करोड ४४ लाखको लागतमा प्याराफिट निर्माण हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन ८,शुक्रबार १०:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा प्याराफिट निर्माणको काम भइरहेको छ । कमानेको चन्द्रोदय माविमा रंगशाला निर्माण गर्ने उद्देश्यका साथ अहिले पहिलो चरणमा प्याराफिट निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

उनका अनुसार, कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो प्याराफिट रामेछाप पाँचपोखरी डटेश्वर निर्माण कम्पनिले एक करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का गरेको छ । हेटौंडाका धेरैजसो वडामा खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेको र कमानेमा प्याराफिटसहितको रंगशालाा निर्माण गर्ने योजनाका साथ काम भइरहेको मेयर महतले बताए ।

प्याराफिट निर्माण भइसकेपछी दर्शकहरुले फुटबललगायतका विभिन्न खेल सहज रुपमा हेर्न सक्नेछन् । खेल क्षेत्रका पूर्वाधार निर्माणसंगै खेल प्रतियोगितालाई पनि प्राथमिकता दिएर काम गरिएको मेयर महतले बताए ।