समाचार

प्रतिनिधिसभा बैठक : नाराबाजीका बीच बजेटसम्बन्धी २ विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आज (बिहिबार) बसेको बैठकले बजेटसम्बन्धी दुई वटा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच पनि बजेटसम्बन्धी दुई वटा विधेयक पारित भएको हो । बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र...

उद्योगी व्यवसायी मर्कामा छन्, सरकारले ठोस कदम चाल्नुपर्छ – उपाध्यक्ष न्यौपाने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगततर्फका उपाध्यक्ष रामप्रसाद न्यौपानेले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट सबैखाले व्यवसायी मर्कामा परेको भन्दै उनीहरुको व्यवसायिक सुरक्षाको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन् । विहिबार तु खबरसंग कुराकानी गर्दै न्यौपानेले लामो समयको बन्दाबन्दीका कारण मकवानपुरका उद्योगी व्यवसायी पनि...

१७५ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित आज (बिहिबार) दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १७५ किलो लागूऔषध गाँजासहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र थाहानगरपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय...

मकवानपुरमा थपिए २८ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १३४ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा र ५१...

नेपाली बजारमा आज सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबारको तुलना बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा सुन प्रैतितोला ८९ हनार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला...

राष्ट्रियसभा बैठक : विनियोजित विधेयक २०७८ पारित

काठमाडौं । राष्ट्रियसभाको आज (बिहिबार) बसेको बैठकले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो । अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि...

प्रदेश युवा परिषद् उपाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति निर्माण

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को बुधबार हेटौंडामा सम्पन्न पहिलो पूर्ण बैठकले ५ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । परिषद्को नियमित काम कारबाही चुस्त र प्रभावकारी बनाउन उपाध्यक्ष चौँलागाईको संयोजकत्वमा कार्यकारी समिति निर्माण गरिएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका युवा महाशाखा प्रमुख, युवा परिषद् कार्यालयका प्रमुख र...

प्रदेश युवा परिषद् बागमतीको बैठक सम्पन्न

मकवानपुर । प्रदेश युवा परिषद, बागमती प्रदेशको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । बैठक बुधबार हेटौंडामा सम्पन्न भएके हो । प्रदेश युवा परिषद्का अध्यक्ष तथा सामाजिक विकास मन्त्री बिजय सूबेदीको अध्यक्षतामा बसेको उक्त बैठकले बैठकले प्रदेशभरीका आम युवाहरुको हकहितका लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकमा विशिष्ट युवा...

हेटौंडा–१६ ह्याचरीमा फोहोर जलाउने क्रममा आगोले पोल्दा पौडेल गम्भीर घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियास्थित ह्याचरी उद्योगमा फोहोर जलाउने क्रममा अचानक आगो उछिट्टिएर शरिको विभिन्न भागमा पोल्दा एक जना घाइते भएका छन् । हेटौंडा–१६ स्थित पोषक वृजर ह्याचरिमा फोहोर जलाउने क्रममा अचानक आगो उछिट्टिएर पोल्दा एक जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

दुर्घटनामा राईको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२ च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...