नेपाली बजारमा आज सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७८ आश्विन ७,बिहीबार १५:००
file-photo

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबारको तुलना बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा सुन प्रैतितोला ८९ हनार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ पुगेको जनाएको छ ।

यसअघि बुधबार सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ५ सय रुपैया रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।