दुर्घटनामा राईको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ७,बिहीबार ०८:४६

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२ च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएको उनको सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यालय बेलका रामपुरले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।