मकवानपुरका मुक्तान पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध अफिमसहित आज (शुक्रबार) बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमफेदी गाउँपालिका–२ भैसेबाट २ किलो १०० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय राजन मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, मुक्तानलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिहान ९ बजेको समयमा भीमफेदी–२ स्थित झोला बोकी शंकास्पद रुपमा हिडिरहेको उनलाई चेकजाँच गर्दा उक्त परिणामको लागुऔषध अफिम बरामद भएपछि निजलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।