देशभर १४७६ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ आश्विन ८,शुक्रबार १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६ सय ९० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १ सय ३ र ५ हजार १ सय १५ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार ३१८ संक्रमित छन् भने ३४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

मकवानपुरमा थप ९ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुने ९ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ९२ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६४ जना कोरोना संक्रमितको निधन भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा भने कोरोना कोरोना संक्रमितका कारण कुनै पनि व्यक्तिको निधन भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।