कोरोना भाइरसको संक्रमण शून्यमा झर्याे

तु खबर संवाददाता
२०८० जेष्ठ २२,सोमबार ०९:००

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आइतबार ७६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित संख्या शून्य रहेको छ ।

अहिलेसम्म सक्रिय संक्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन ।

यही जेष्ठ महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।