७२ जिल्लामा फैलियो डेंगु, संक्रमित संख्या कति पुग्यो ?

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार १५:४६
file-photo

काठमाडौं । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको उक्त महाशाखाले जनाएको छ ।

मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाई छ ।