देशभर कोरोना संक्रमितको सक्रिय संख्या २२ जना पुग्यो

तु खबर संवाददाता
२०८० जेष्ठ १८,बिहीबार १६:५५
file-photo

काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सक्रिय संख्या २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२ जना पुगेको हो ।

पछिल्लो २४ घन्टामा देशभरबाट ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट ५६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

सो अवधिमा ४ जना संक्रमणमुक्त भएका छन् । यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ ।