अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ९,शनिबार ०९:३८
File Photo

दैलेख । दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । अरिङ्गालको टोकाइबाट ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर गम्भीर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।