कांग्रेस गाँउ अधिवेशन : कैलाशको सभापतिमा घिसिङ
मकवानपुर । नेपाली कांग्रेस कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा घिसिङ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी गुणराज स्याङ्तानलाई ९९ मत अन्तरले पराजित गरेका हुन् ।
सभापति घिसिङले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी स्याङ्तानले ३८ मत प्राप्त गरेका थिए । यस्तै, उपसभापतिमा मानबहादुर वाइवा र कामी सिं स्याङ्तान निर्वाचित भएका छन् । उपभापति वाईबाले १३२ मत प्राप्त गरेका थिए भने स्याङ्तान ११६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, सचिव पदमा आशिष प्रजा र प्रकाश राना मगर निर्वाचित भएका छन् । सचिव प्रजाले १२२ मत प्राप्त गरेका थिए भने मगरले ११२ मत प्राप्त गरेका थिए । यसैगरी, सहसचिवमा विश्वनाथ थापा र दृढचन्द्र प्रजा निर्वाचित भएका छन् । थापाले ११२ मत प्राप्त गरेका थिए भने प्रजाले १०० मत प्राप्त गरेका थिए ।
