कांग्रेस थाहा नगर सभापतिमा जोशी

तु खबर संवाददाता
२०७८ आश्विन १०, आईतवार ०८:३१

मकवानपुर । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा जोशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति जोशीले १०९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी गोपालीले ८१ मत प्राप्त गरेका थिए । यस्तै, उपसभातिमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार सोमप्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका थिए ।

यसैगरी, सचिवमा भिमसेन मोक्तान र कर्णबहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १०४ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिव मा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन भएका छन् ।