समाचार
लघु विद्युतको ड्याममा महिलाको शव फेला
गुल्मी । गुल्मीको लघु विद्युतको ड्यामममा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–६...
वीरेन्द्रनगरको सामूदायिक बनमा बम विस्फोट, २ जना घाइते
सुर्खेत । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं ७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते...
लोकतान्त्रिक खेलकुद संघ मकवानपुरद्वारा विष्टलाई नगदसहित सम्मान
मकवानपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई नगदसहित सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रम गरी विष्टलाई रु २५ हजार नगदसहित सम्मान गरेको हो । गत हप्ता माल्दिभ्समा सम्पन्न १३ आंै साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलो पटक उपविजेता बनाउँन...
एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७ सय ४३ वडाको अधिवेशन उद्घाटन
काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज देशैभरको ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडाको अधिवेशन उद्घाटन गरेका छन् । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको...
बारम्बार पेटमा ग्यास भरिएर समस्या भएको छ ?
पेटमा ग्यास भरिने समस्याले धेरैलाई सताएको छ । प्रायः ग्यासको समस्या केही समयपछि आफै ठिक पनि हुन्छ । त्यसैले मानिसहरु यो समस्यालाई गम्भीर रुपमा लिने गर्दैनन् । विशेषगरी, ग्यासको समस्याले सताएमा यसको उपचारको रुपमा घरेलु विधि अपनाउने गरिन्छ । कहिलेकाँही ग्यासको समस्या धेरै दिनसम्म रहँदा धेरै गाह्रो हुने गर्छ...
सीके राउतलाई पक्राउ गर्न माग गर्दै हेटौंडामा इन्जिनियरहरुको प्रदर्शन
मकवानपुर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका नि. इन्जिनियर प्रमुख राजेश कुशवाहासहित अन्य कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको विरुद्धमा बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा इन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । इन्जिनियरमाथि दूर्व्यवहार गर्ने सिके राउतको कार्यकता र राउतसमेतलाई पक्राउ गरी कारबाहीको दायरामा...
आज पनि मौसममा सामान्य बदली, यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । आज (शनिबार) पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।...
बाढी पसेर बन्द भएको विराटनगर विमास्थल आजदेखि संचालनमा
काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज (शनिबार) बिहानैदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन...
मुगु बस दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामाब बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी...
बागमतीमा ५६ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या २३ लाख ८० हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म २३ हजार ८० हजार ८४ अर्थात ५६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रदेशमा ४ लाख २ सय ३२...









