बाढी पसेर बन्द भएको विराटनगर विमास्थल आजदेखि संचालनमा
काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज (शनिबार) बिहानैदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो ।
सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उडान तालिका बिहानदेखि साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको बेमौसमी वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबान भएको छ ।
