स्रोत नखुलेको १२ लाखसहित दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ५, शुक्रबार १५:४७
file-photo

विराटनगर । प्रहरीले स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित आज दिउँसो विराटनगरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगर–२ नम्बर ढाटबाट सशस्त्र प्रहरीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् । भारतबाट नेपाल प्रवेश गरेको बी आर ०१ पीजी २११५ नम्बरको सेता स्कारपीयो गाडी चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँ बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।