समाचार

एमाले थाहानगरको अधिवेशन कात्तिक १३ गते हुने

मकवानपुर । नेकपा एमाले थाहानगरपालिकाको अधिवेशन यही कात्तिक १३ गते हुने भएको छ । नेकपा एमाले मकवानपुरले सार्वजनिक गरेको पालिका अधिवेशनको मिति अनुसार थाहानगर अधिवेशन कात्तिक १३ गते गर्ने निर्णय गरेको हो । थाहानगर अधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अधिवेशनमा आयोजक कमिटीका ७५...

मकवानपुरमा आजबाट भिटामिन ए र जुकाको औषधी खुवाइने

मकवानपुर । मकवानपुरमा आजबाट भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । प्रत्येक वर्ष कात्तिक २ र ३ गते खुवाइने गरेको भिटामिन ए र जुकाको औषधी यस वर्ष भने आज अर्थात कात्तिक ७ र भोली कात्तिक ८ खुवाइने भएको हो । सरकारको निर्णयअनुसार, मकवानपुर जिल्लाका ४ सय ६४...

एमाले मकवानपुरः ९७ वडामा अधिवेशन सकियो, ५ वडामा आज हुँदै

मकवानपुर । नेकपा एमालेले शनिबार मकवानपुरका ९७ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । सबैजसो वडामा सर्वसम्वत ढंगले कार्यसमिति चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । ५ वडाको अधिवेशन पनि आज सम्पन्न हुने बताइएको छ ।मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका...

एमालेको वडा अधिवेशनः मनहरीको ९ वडामा को–को भए अध्यक्ष ?

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरका १०२ वटै वडामा एमालेको अधिवेशन भएको छ । अधिकाँश वडामा सहमतिबाटै नयाँ कमिटी चयन गरिएको छ भने केही वडामा मतदान प्रक्रियाबाट नयाँ कमिटी निर्माणको प्रयास भइरहेको छ । यसैबीचमा मनहरी गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ...

एमालेको वडा अधिवेशनः बकैया ४ को अध्यक्षमा आले, ३ मा डंगोल

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा कुमारी लो,, सचिवमा दिपकप्रसाद घिमिरे उप–सचिवहरुमा प्रमिला...

एमालेको वडा अधिवेशनः हेटौंडा १,२,३,४ र ७ मा नयाँ कमिटी निर्माण

मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा १ मा भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीकोे उपाध्यक्षमा जगतबहादुर थिंङ, सचिवमा नारायण सुनुवार, उप–सचिवमा रुपा...

चितवनमा भैँसी सम्मेलन हुने

चितवन । चितवनमा भर्चुअल माध्ययमबाछ भैँसी सम्मेलन हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायतका बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा...

प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जादैँछन् । उनी २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी र्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेका हुन् । नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा...

दुर्घटनामा ८ जना घाइते, एकको अवस्था गम्भीर

दाङ । दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आज बिहान प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका–७ दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेहरुमा १७ वर्षीया...

कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य गर्नुपर्छ – नेता केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले काँग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए । “नेताभन्दा नीति...