एमालेको वडा अधिवेशनः बकैया ४ को अध्यक्षमा आले, ३ मा डंगोल

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १७:४३

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा कुमारी लो,, सचिवमा दिपकप्रसाद घिमिरे उप–सचिवहरुमा प्रमिला तिमल्सिना दाहाल र दिपक दुलाल चयन भएको एमाले जिल्ला सदस्य सुस्मिता घोरासैनीले बताइन् ।

त्यस्तै बकैया ३ को अध्यक्षमा बाबुराम डंगोल चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले डंगोलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटिको उपाध्यक्षमा पार्वती दर्नाल, सचिवमा पुष्पराज गौतम उप–सचिवहरुमा शोभा भोम्जन र प्रेमबहादुर थोकर चयन भएका छन् । एमाले मकवानपुरका जिल्ला सदस्य प्रेमबहादुर डिमडुमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन सम्पन्न भएको हो ।